Loading...
सभामुख यादबलाइ जसपा र लोसपा दुवैले टिकट दिन नमाने पछि जिल्लाका नेतालाई उपेन्द्रको थ्रेट

मधेस प्रदेशका सभामुख सरोज यादव आगामी निर्वाचनमा जनता समाजबादी पार्टीबाट उम्मेदवार बन्न कम्मर कसेर लागेका छन् । विभाजनअघि जसपामा रहेका उनी हाल लोसपा र जसपा दुवैको सम्पर्कमा छन् । उनी फेरि प्रदेशसभामै चुनाव लड्ने तयारीमा छन् । तर कुन पार्टीबाट चुनाव लड्ने भन्नेबारे उनले अझै नखुलाए पनि उनि जसपा बाटै चुनाब लडने उनि निकट का एक नेताले बताएका छन् । तर उनको दोधारे चरित्र र संघिय अनलाइन लगायत विभिन्न मिडियामा आएको समाचारका कारण जिल्लाका नेताहरु झस्केका छन् । लोसपा र जसपाका जिल्लाका नेताहरुले उनलाई टिकट नदिने तरखरमा छन्। टिकट बाँडफाडका लागि हिजो सुक्रबार सभामुख यादवका जिल्ला आदर्श कोटवाल च्युटाहा, बारामा जसपाको बैठक नै बसेको थियो । त्यहाँको एक प्राइभेट बोर्डिङ्ग स्कूलमा बसेको सो बैठकमा यादबलाइ टिकट दिने कुरा निस्किने बित्तिकै नेताहरु बिच त त र म म हुन थाले पछि बैठक बिना निष्कर्ष स्थगित भएको छ। बैठक जसपा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष अशोक जयसवालको अध्यक्षतामा बसेको थियो भने बैठकमा पार्टीका केन्द्रिय सदस्य राम बाबु यादबको समेत उपस्थिति रहेको थियो।
​ जसपाबाट विभाजन भएर लोसपा गठन हुँदा सांसदहरुले जसपा वा लोसपामध्ये एक दल रोज्ने अवसर पाएका थिए । तर उनी सभामुख भएका कारण कतै खुल्नु परेन । यद्यपि भित्रभित्रै उनले उपेन्द्र यादव नेतृत्वको जसपालाई साथ दिएका थिए । उनले त्यतिबेला उपेन्द्र यादवलाई साथ नदिएको भए उनको सभामुख पद पनि धरापमा पर्न सक्थ्यो । बैठकमा सभामुख यादबलाइ कुनै पनि हालतमा टिकट दिनका लागि सिफारिस गर्न नहुने सम्मको अबस्था सृजना समेत भएको थियो । यति सम्म कि सभामुख यादबले आफ्नो नाम सिफारिस गराउन मधेश प्रदेश अध्यक्ष रामबाबु यादबलाई समेत क्षेत्रीय अध्यक्ष जयसवाललाइ दबाब दिन फोन गराएका थिए तर क्षेत्रीय अध्यक्ष जयसवाल नमाने पछि उपेन्द्र यादब संगै फोन गराएर दबाब दिएका छन् । बैठक भोलि आइतबार बस्ने गरि बिना निष्कर्ष टुङ्गिएको छ । क्षेत्रीय अध्यक्ष जयसवाललाइ उपेन्द्रले कुनै पनि हालतमा सभामुख यादबको नाम सिफारिस गर्न दबाब दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *