
३ भदौ, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरीसहित जनता समाजवादी पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले नवप्रवेशीहरुलाई पार्टी सदस्यता दिएर स्वागत गरेका हुन् ।
जसपाका केन्द्रीय सदस्य समेत रहेका चौधरीसहित जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवं पूर्वसांसद नरसिंह चौधरी, राजेन्द्र गुप्तासहित नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
Facebook Comments