Loading...
उपेन्द्रको धम्किका कारण सभामुख यादवको नाम सिफारिस, जसपा बाट चुनाब लड्ने पक्का

मधेस प्रदेशका प्रदेश सभामुख सरोज यादव आगामी निर्वाचनमा जनता समाजबादी पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।
टिकट बाँडफाडका लागि सभामुख यादवका जिल्ला आदर्श कोटवाल च्युटाहा, बारामा जसपाको बैठक नै बसेको थियो । त्यहाँको एक प्राइभेट बोर्डिङ्ग स्कूलमा बसेको सो बैठकमा यादबलाइ टिकट दिने कुरा निस्किने बित्तिकै नेताहरु बिच त त र म म हुन थाले पछि बैठक बिना निष्कर्ष स्थगित भएको छ। बैठक जसपा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष अशोक जयसवालको अध्यक्षतामा बसेको थियो भने बैठकमा पार्टीका केन्द्रिय सदस्य राम बाबु यादबको समेत उपस्थिति रहेको थियो। बैठकमा क्षेत्रीय अध्यक्ष अशोक जयसवाल सभामुख यादबलाइ टिकट दिन नहुने मनस्थिति बनाएका थिए तर सभामुख यादबले जसपा मधेश प्रदेशका अध्यक्ष राम बाबु यादब सहित केन्द्रिय अध्यक्ष उपेन्द्र यादबसंग चरम दबाब दिन लगाएपछि सभामुख यादबको नाम सिफारिस भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *