Loading...
दिपेन्द्र झालाइ पार्टी प्रवेश कै बेला आफ्नै कार्यकर्तादवारा हुटिङ्ग र चेतावनी, उपेन्द्र अलमलमा

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशको मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

झाले शनिबार विहान मात्र राजीनामा दिएका थिए । दिउँसो महोत्तरीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरे । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाउनुका साथै गम्छा ओढाएर स्वागत गरे ।

उनी बोल्न शुरु गर्दा कार्यकर्ताकै हुटिंग भयो । यद्यपि बोल्नबाट झा रोकिएनन् । ‘घर प्रवेश गर्ने मान्छेलाई दरबाजामा रोकिँदैन, दुव्र्यवहार गरिँदैन,’ उनले भने, ‘मलाई बोल्न अंकुश लगाउनु राम्रो होइन । यदि मबाट कुनै गल्ती भएको भए, म प्रवेश गर्दा कसैलाई तकलिफ भएको भए क्षमा चाहन्छु ।’

आफू समाजसेवा र वकालत छोडेर जसपा प्रवेश गरेको भन्दै झाले सार्वजनिक कार्यक्रममा बोल्न अंकुश लगाइदिनु लोकतन्त्रका लागि राम्रो नभएको बताए । ‘मलाई पनि बोल्ने मौका दिनुहोस् । म बोल्दा बीचबीचमा म्यूजिक बजाएर डिस्टर्ब नगर्नुस्,’ उनले भने, ‘मैले राजनीति गर्न खोजेको हुँ, मेरो के गल्ती भयो ?’ महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन् । शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका छन् ।

आफू कुनै पद लिनका लागि नआएको र यस क्षेत्रको विकास गर्न भिजनसहित आएको झाले बताए । ‘यस क्षेत्रको सडक बन्नुपर्यो, शिक्षा, स्वास्थ्यको सुनिश्चितता हुनुपर्यो’ उनले भने ।

पार्टी प्रवेश गरेका झाले आफू महोत्तरी क्षेत्र नम्बर ३ बाटै चुनावको तयारी गरिरहेको बताएका छन् ।

क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

जसपा नेता हरिनारायण यादव पनि टिकटका आकांक्षी छन् । उनी निकट कार्यकर्ताले नै नवप्रवेशीलाई टिकट दिन नहुने भन्दै विरोध गरेका हुन् ।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *