Loading...
बारा क्षेत्र न. १ “ख” मा धर्म र अधर्म बिरुद्धको लडाइ, कंश बिरुद्ध कृष्णको उम्मेदवारी दर्ता

सरकार ले मंशिर ४ गते का लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबका लागि मिति घोषणा गर्ना साथ् चुनाबी सरगर्मी बढेको छ । खास गरि देशको अन्य प्रदेश भन्दा पनि मधेश प्रदेश को माहौल तातेको छ । सबै राजनीतिक दलले आ-आफ्नो उम्मेदवार घोषणा गरिरहेकै बेला लोकतान्त्रिक समाजबादी पार्टी बाट बारा जिल्ला को क्षेत्र न १ “ख” बाट प्रदेश सांसदका लागि पार्टीको बहुचर्चित युवा नेता संजय यादवको नाम सिफारिस भएको छ । यो क्षेत्र बाट तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा प्रदेश २ का सभामुख राम सरोज यादव जितेका थिए । अहिले उनि जनता समाजबादी पार्टी बाट उम्मेदवार बनेपछि लोसपाले उनलाई टक्कर दिने उम्मेदार यादब दिएका हुन्। उम्मेदवारको नाम सिफारिस भएपछी संघिय अनलाइन संग कुराकानी गर्दै लोसपा उम्मेदवार यादबले आफ्नो उम्मेदवारी अन्यायको बिरुद्ध भएको बताएका छन् । उहाँले भन्नुभयो – ” यो क्षेत्रबाट जितेर गएका अहिलेको सभामुख यादब मधेश प्रदेशको सरकार संग मिलेर भ्रष्टाचारी गर्न व्यस्त हुनुभयो। बिकासको नाममा एउटा सिन्को समेत भाच्नु भएन l यो अन्याय हो। मधेशी जनता प्रति बेइमानी हो। त्यसैले यहाँको जनताको चाहना अनुरुप मलाइ लोसपाले उम्मेदवारको रुपमा नाम सिफारिस गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *