Loading...
लोसपाका सचेतक, पूर्व मन्त्रि तथा सांसद अगरिया ८ गते एमाले प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् ।

धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ l  २०७४  को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ । अगरियाले भन्नुभयो – “देश बचाउनको निम्ति, नेपाललाई आर्थिक विकासका दृष्टिले समृद्ध बनाउनको निम्ति, मधेश, पहाड, हिमाल सबैलाई एकै रुपमा अगाडि लगेर विकसित नेपाल बनाउनको एमाले रोजेको हुँ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *