Loading...
सहिदको नाममा लोसपाको खेलवाड, बिबाद उत्कर्षमा, ममताको नाम तल पारी रमितालाइ माथि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका लोकतान्त्रिक समाजबादी पार्टी नेपालमा सहिद परिवारलाइ बेवास्ता गरेर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले बिबाद उत्कर्षमा पुगेको छ । लोसपा निकट स्रोतका अनुशार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनका लागि तयार भएको सुचीमा उपलब्ध नामहरुलाई परिवर्तन तथा उलट फेर भएपछी लोसपा भित्र चरम बिबाद उत्पन्न भएको हो ।

लोसपा अध्यक्ष महन्थ ठाकुर र पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनालको मिलेमतोमा नाम हेरफेर भएको एक कार्यकारिणी समितिका सदस्यले दाबी गरेका छन् । ति कार्यकारिणी समितिका सदस्यले भने – “अरु त ठिकै छ तर कम्तिमा सहिद परिवारलाइ त सम्मान गर्नु पर्थ्यो नि। सहिद परिवारको नाम अन्तमा राखेर सुरुको सुचिमा नामै नभएको रमिता प्रधानको नाम पछि चुपचाप हालेका रहेछन। आर्थिक चलखेल पनि ब्यापक भएको रहेछ ।”

प्राप्त सुचना अनुशार अल्पसंख्यक समूह बाट लोसपाले धनुषाका सहिद संजय चौधरीको बहिनि तथा नेता ममता चौधरीको नाम अनुमोदन गरेको थियो तर जितेन्द्र सोनलले बिचैमा चलखेल गरेर अल्पसंख्यक बाटै महोतरी कि रमिता प्रधानको नाम सुरुमै राखेर ममता चौधरीको नाम अन्तमा राखेको छ । यसले के पुष्टि गर्दछ भने ममता चौधरी अब समानुपातिकमा नपर्ने लगभग निश्चित छ । यति सम्म कि बरिष्ठ नेता राजेन्द्र महतो निकटका कुनै नेताको समेत नामै नराखी सोनलको इशारामा ठाकुरले एकलौटी आफू खुशी नाम राखी गुपचुप तरिकाले सुची बुझाए पछि लोसपामा बिबाद बढेको हो।

लोसपाका एक अर्का नेताका अनुशार लोसपाको बैठक मै २०७९ सालको स्थानीय निर्वाचनमा भाग लिसकेकाको नाम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष वा समानुपातिकतर्फका उम्मेदवारमा नाम सिफारिस नगर्ने सहमति भएको थियो। रमिता प्रधान २०७४ सालको उपमेयरमा महोतरीको मनरा सिसवाबाट निर्वाचित भएकी थिइन भने हालै २०७९ बैशाखमा भएको निर्वाचनमा पराजित भएकी थिइन । उनको नाम जसरी पनि समानुपातिकतर्फ राख्न शरतसिंह भण्डारीले दबाब दिएपछि सोनलको अनुरोधमा महन्थले सिफारिस गरेका हुन् ।

 

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *