Loading...
एमाले नुवाकोट क्षेत्र नं १ ख मा राजु लामाले नै दाबी गरेपछि महागठबन्धन तनाबमा, को हुन् लामा ?

नुवाकोट, नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य राजु लामा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा नुवाकोटबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने तयारी थालेका छन् । लामो समयको पत्रकारितालाई बिट मार्दे सक्रिय राजनीतिमा होमिएका लामाले नुवाकोट क्षेत्र नं १ ख मा एमालेका तर्फबाट प्रदेश सभाको उम्मेदवार बन्ने बताएका छन् । पार्टीले उनको नाम समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको भएपनि लामाले प्रत्यक्ष चुनाव लड्ने मनस्थिति बनाएको बताए । स्थानीय मतदाता र शुभेच्छुकहरूले आफूलाई प्रत्यक्ष उम्मेदवार बनेर चुनावमा होमिन सुझाव दिएकाले आफु प्रदेश सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने तयारी थालेको उनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घको पूर्व केन्द्रीय सदस्य समेत रहेका लामा नुवाकोट एमालेभित्रका स्पष्ट भिजन दिन सक्ने बौद्धिक नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय स्थानीय जनताकै बिचमा रहेर राजनीतिमा क्रियाशील उनी काठमाण्डौमा हुँदा समेत नुवाकोटवासीका सुख दुःखमा सहकार्य गदै आएकाले एमाले विरुद्धको महागठबन्धनलाई पराजित गर्नका लागि बलिया उम्मेदवार हुन सक्ने नुवाकोट एमालेका नेताहरू बताउँछन् । नेकपा एकीकरणपछि एकताको निरन्तरता भन्दै एमाले उपाध्यक्ष बादलसँगै केपी ओलिको पक्षमा उभिएका नुवाकोटको ककनी गाउँपालिकाका लामाका कारण गएको स्थानीय निर्वाचनमा समेत एमालेले अघिल्लो निर्वाचनमा भन्दा उल्लेख्य मत बढाएको थियो । टिकटका लागि अन्य नेताहरूले समेत आकाङ्क्षा देखाएको भएपनि सो क्षेत्रमा तामाङ समुदायको उल्लेख्य बाहुल्यता रहेको र सबैभन्दा बढी मतभार समेत ककनी गाउँपालिकामै पर्ने भएकाले प्रदेश सभाका लागि क्षेत्र १ को ख मा लामालाई अघि सार्दा पार्टीले जित निकाल्न सक्ने नुवाकोट एमालेभित्रका धेरैको बुझाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *