Loading...
अरगरियासहित ३ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश, रितिदै जसपा, लोसपाको हाल बेहाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य हरुलाई आज पुनः धनुषाको जनकपुर मा पार्टी प्रवेश गराएका छन् । ओली लोसपाका नेता उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउन धनुषा पुगेका हुन्। विदेह नगरपालिकास्थित तीनकोरिया चोकमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली धनुषा आएका हुन्।अरगरियासहित अन्यलाई पार्टीमा प्रवेश गराएपछि उनले एमालेमा आउनेहरूलाई उचित अवसर दिइने प्रतिवद्धता समेत जनाए।  ‘तपाईहरूलाई अवसर दिएर नै अगाडि बढाउनेछौं। तपाईहरूलाई कुनै पछुतो हुने छैन’, उनले भने। जनकपुर विमानस्थलमा अवतरण गरेका उनी  रेल चढेर  धनुषाको महिनाथपुर स्टेसन पुगेका थिए। सोही क्रममा उनले महिनाथपुर स्टेशनमा रेल्वे कर्मचारीसँग कुराकानी गरेका थिए। कुराकानीमा ओलीले ‘गाडी कतिपटक चल्छ? कति प्यासेन्जर हुन्छ? स्टाफको सुविधा के कस्तो छ’ भन्ने जिज्ञासा राखेका थिए। ओलीसँगै महेश बस्नेत, सर्वेन्द्र खनाल, रघुवीर महासेठ, प्रभु साह लग्यातका नेता पनि कार्यक्रममा सहभागी हुन आएका छन्। कार्यक्रममा सहभागी हुनुअघि ओलीले मुरिवास्थित सहिद रामनरायण मण्डल मुरवलको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। पछिल्लो समय एमालेले मधेसमा विभिन्न पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै आएकोछ। पार्टी प्रवेश गर्ने अधिकांश जसपा का नेता कार्यकर्ता रहेको बताइको छ । जसपा का ६ वटा प्रदेश सांसदले पार्टी परित्याग गरेका छन्। त्यसैगरि लोसपा छाड्नेको समेत घुइचो लागेको छ। सांसद अगरिया समेत लोसपाका सचेतक हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *