
सरोज “खिलाडी”
आगामी ४ मंसिरमा हुने निर्वाचनमा मुलुक को अन्य जिल्ला जस्तै बारा जिल्ला पनि चर्चामा छ । बारा–१ (ख) मा प्रदेश सभा सदस्यका लागि गठबन्धन दलका काँग्रेसका नागेन्द्रप्रसाद कानु आधिकारिक उम्मेदवार हुन् त्यसैगरी जनता समाजबादी पार्टी (जसपा) र एमालेका आधिकारिक उम्मेदवार राम सरोज यादब रहेका छन् भने लोसपाका नेता सञ्जय यादवले सो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएपछि काँग्रेस, एमालेकाका उम्मेदवारको टाउको दुखाइ शुरु भएको छ । काँग्रेसका कानु निकटका एक निकट नेताका अनुशार संजय यादब बाहेक अरु उम्मेदवार भएको भए जित सुनिश्चित थियो तर संजयको उम्मेदवारीले गठबन्धनको सहयोग भए पनि उनि ढुक्क छैनन् । संजय अहिले स्वतन्त्र उम्मेदवार भएपनि उनि पनि चुनाब भन्दा अगाडी सम्म लोसपा कै नेता हुन्। उनि प्रदेश सांसदका लागि अहिले आएर उम्मेदवारी दिए पनि यादब ले सांसदले गर्नु पर्ने कामहरु पहिले देखि नै आफनै खर्च र प्रयासमा गर्दै आएका छन् । यादबले संघिय अनलाइन संग कुराकानी गर्दै भने -” यहाँको जनताको भरोसा र बिश्वास भनेकै म संग मात्र छ किनभने म सांसदको चुनाब लड्नु अगावै यहाँको बाटोघाटो, सिचाई, शिक्षा, खेलकुद तथा स्वास्थ्यमा काम गर्दै आएको छु।
लोसपाका नेता सञ्जय यादव भन्छन्, ‘गठबन्धनको नाममा पार्टीलाई समाप्त गर्न खोजियो । त्यसका विरुद्धमा मैले उम्मेदवारी दिएको हुँ ।’ राजनीति गर्ने नेताले चुनाव नलडेसम्म उसको कुनै महत्त्व नरहने बताउँदै उनले नेताका लागि चुनाव एउटा महाउत्सव भएको र त्यो उत्सवमा नेताहरूले भाग लिन पाउनुपर्ने बताए । तर पार्टीका शीर्ष नेताहरूले आफ्नो स्वार्थका लागि गठबन्धन गरेको र अरू नेताको राजनीतिक जीवनलाई हत्या गरेको उनले गुनासो गरेका छन् ।
‘गठबन्धन गर्दा कुनै शीर्ष नेताले किन आफ्नो क्षेत्र छाड्नु भएन त ? आफ्नो क्षेत्रमा कुरा नमिलेपछि अरू क्षेत्रबाट पनि चुनाव लड्नुभएको छ । तर तल्लो तहका नेताहरूको जेसुकै होस् भनेर उहाँहरूले छाड्नु भएको छ,’ उनले भने, ‘आफ्नो राजनीतिक जीवन जोगाउनका लागि भए पनि स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’
Facebook Comments