Loading...
मधेशीको समस्या सुनेर भाग्ने जसपाको मधेशमा काम छैन, उपेन्द्र चिनको मुखिया- यादब (भिडियो)

बारा क्षेत्र नं १ “ख” प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सँजय यादवले छठको अवसरमा आदर्श कोतवाल गाउँपालिकामा रात्री सभामा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । शुभकामना आदान प्रदान कार्यक्रममा निक्कै आक्रामक शैलीमा देखिएका नेता यादबले जनता समाजबादी पार्टी (जसपा) का उम्मेदवार माथि खनिएका छन् ।

स्व   तन्त्र उम्मेदवार यादबले खास गरेर जसपा का उम्मेदवारहरु माथि प्रश्नको बर्षा नै गरेका छन् । उहाँले भन्नुभएको छ – “जब नागरिकताको सवाल आउछ, जब सहिदका परिवार संग न्याय गर्ने बेला आउछ, जब मधेश प्रदेशमा कुनै विपति आउछ त्यति बेला छाता छाप अर्थात जसपाका नेताहरु कहाँ,  कुन दुलोमा पस्छन थाहा हुँदैन । स्थानिय जनतालाइ उहाँले भन्नुभएको छ -” जब जसपा लगायत अन्य पार्टीका उम्मेदवार आउछन त्यति बेला तपाइँहरुले सोध्नुस हामिलाइ समस्या पर्दा तपाइका पार्टी र नेता कता बेपता हुन्छन ? अब पार्टी माथि देश बासिको बिस्वास हटिसकेको हुनाले स्वतन्त्रमा उम्मेद्वारी दिएको स्पष्ट पार्दै उहाँले जसपा अध्यक्ष उपेन्द्र यादब चिनको एजेण्ट भएको समेत आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो -” चिन संग हाम्रो न धर्म मिल्छ न त भाषा न त जात तर जसपा जित्यो भने मधेश प्रदेशमा चिन हावी हुन्छ जसको मुखिया उपेन्द्र यादब छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *