
बारा क्षेत्र नं १ “ख” प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सँजय यादवलाइ बारागढी गाउँ पालिका वडा न. ४ पथराका बासिन्दाहरुले १००% भोट यो वडा बाट जाने आस्वासन दिएका छन् । पथरामा भोट माग्ने क्रममा उनीहरुले यस्तो आस्वासन दिएका हुन्।
त्यहाँका बासिन्दाहरुले आफूहरु पार्टीका पुराना नेताहरुको झूटो आस्वासन सुनेर दिक्क भै सकेको हुनाले अब स्वतन्त्र माथि मात्र बिस्वास रहेको बताएका हुन् । घर दैलो कार्यक्रममा व्यस्त रहेका स्वतन्त्र उम्मेदवार संजय यादव संगको भेटघाटमा उनीहरुले कडा आलोचना गर्दै भने – हामी यहाको बासिन्दाको भोट तपाइँलाइ १००% आउँछ किनभने हामी दलका पुराना भ्रष्टाचारी नेता हरुसंग दिक्क मानेर बसेका छौ ।
जवाफमा नेता यादबले आफू जनताका दुख शुखको साथि भएकाले अब बिकास गर्न आफू तत्पर रहेको बताएका थिए ।
Facebook Comments