
बारा क्षेत्र नं १ “ख” प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सँजय यादवलाइ बारा गढी गाउँ पालिका वडा न ४ पथरा का बासिन्दाहरुले १००% भोट यो वडा बाट जाने आस्वासन दिएका छन् । पथरा मा भोट माग्ने क्रममा मा उनीहरुले यस्तो आस्वासन दिएका हुन्। त्यहाँका बासिन्दाहरुले आफूहरु पार्टीका पुराना नेताहरुको झूटो आस्वासन सुनेर दिक्क भै सकेको हुनाले अब स्वतन्त्र माथि मात्र बिस्वास रहेको बताएका हुन् । घर दैलो कार्यक्रममा व्यस्त रहेका स्वतन्त्र उम्मेदवार संजय यादव संग को भेट घाटमा उनीहरुले कडा आलोचना गर्दै भने – हामी यहाको बासिन्दाको भोट तपाइँ लाइ १००% आउँछ किनभने हामी दलका पुराना भ्रष्टाचारी नेता हरुसंग दिक्क मानेर बसेका छौ । यसै सन्दर्भमा कुन उम्मेदवारलाइ समर्थन गर्नुहुन्छ भनेर सिम्रौनगढ़को रेडियो बादलले सर्भे गरेको छ । नुर आलम बादशाह दवारा संचालित उक्त सर्भेमा नेपाल भरी स्वतन्त्र उम्मेदवारको पक्षमा जनता रहेको हुनाले हामि पनि स्वतन्त्र उम्मेदवारको पक्ष मा छौ भनेर अधिकांश स्रोता ले स्वतन्त्र उम्मेदवार संजय यादबलाइ भोट दिने बताएका छन् । नेता यादब हाल प्रदेश सांसदमा स्वतन्त्र उम्मेदवारी दिए पनि पहिले देखि नै स्वास्थ्य, शिक्षा तथा बाटोघाटो बिकाशका लागि चर्चित युवा हुन् ।
संजय यादब ३९%
सरोज कुमार यादब २९%
डा कम्रुल्लाह अन्शारी ९%
नागेन्द्र साह १६%
अन्य ७%
हेर्नुहोस सर्भेको नतिजा
Facebook Comments