Loading...
मधेशमै आन्दोलन, मधेशी नै शहिद, मधेशीकै भोटले पहाडी मन्त्रि बनाउने उपेन्द्र होइन ? -यादब

बारा क्षेत्र नं १ “ख” प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सँजय यादवले अहिले आक्रामक रुपमा प्रचार प्रशार र कार्यक्रमहरु गरिरहेका छन् । उहाले जसपा नेता राम सरोज यादब जिते मधेश मा फेरी पनि भ्रष्टाचार मौलाउने दाबि समेत गर्नु भएको छ।

निक्कै आक्रामक शैलीमा देखिएका नेता यादबले जनता समाजबादी पार्टी (जसपा) का उम्मेदवार माथि खनिएका छन् । स्वतन्त्र उम्मेदवार यादबले खास गरेर जसपा का उम्मेदवारहरु माथि प्रश्नको बर्षा नै गरेका छन् । उहाँले भन्नुभएको छ – “जब नागरिकताको सवाल आउछ, जब सहिदका परिवार संग न्याय गर्ने बेला आउछ, जब मधेश प्रदेशमा कुनै विपति आउछ त्यति बेला छाता छाप अर्थात जसपाका नेताहरु कहाँ,  कुन दुलोमा पस्छन थाहा हुँदैन । स्थानिय जनतालाइ उहाँले भन्नुभएको छ -” जब जसपा लगायत अन्य पार्टीका उम्मेदवार आउछन त्यति बेला तपाइँहरुले सोध्नुस हामिलाइ समस्या पर्दा तपाइका पार्टी र नेता कता बेपता हुन्छन ?

अब पार्टी माथि देश बासिको बिस्वास हटिसकेको हुनाले स्वतन्त्रमा उम्मेद्वारी दिएको स्पष्ट पार्दै उहाँले जसपा अध्यक्ष उपेन्द्र यादबलाइ मधेश मै आन्दोलन गर्नुपर्ने, मधेशीलाई नै सहिद बनाउनु पर्ने मधेशी कै भोट चाहिने अनि मन्त्रि बनाउदा पहाडीलाइ मन्त्रि बनाउने बहुरुपिया पार्टी भएको आरोप समेत लगाउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *