Loading...
संघियता सिध्याउन जसपा अध्यक्ष उपेन्द्र नै सक्रिय, मधेश सरकार देश कै बोझ- नेता संजय यादब

देश आर्थिक संकट झेलिरहेका बेला संघीयता समाप्त पार्न जनता समाजबादी पार्टी का अध्यक्ष उपेन्द्र यादब नै सक्रिय बनेको आरोप युवा नेता संजय यादबले लगाउनु भएको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं १(ख) को प्रत्यासी स्वतन्त्र उम्मेदवार समेत रहेका नेता यादबले उपेन्द्र कै इशारामा मधेश प्रदेश सरकारको टिम जम्बो बनेको आरोप लगाउनु भएको छ । संघिय अनलाइन संग कुराकानी गर्दै नेता यादबले देशमा संघियता आवश्यक भएपनि अहिले का नेताहरु र खास गरेर उपेन्द्र यादब संघियतालाइ बोझ बनाउन लागि परेको आरोप समेत लगाउनु भयो।

उहाँले भन्नुभयो -“मधेश प्रदेश मा १३ जना मन्त्रि किन चाहियो ? १३ जना बाट १५ जना मन्त्री बनाएका छन । बन मन्त्री सुरिता यादब र राज्य मन्त्रीमा रोहबर अन्शारी समेत थप भएको छ ।  अझ पनि बढन सक्छ, देश आर्थिक संकटमा फस्ने कुरा थाहा पाउँदा पाउदै उपेन्द्रको इशारामा बनेको यो सरकार र यिनका मन्त्रिहरुको काम छैन।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *