Loading...
सरकारको नीति कार्यक्रममा मधेशका दलित तथा सुकुम्बासीलाइ लखेट्ने योजना छ – सांसद राइ

सरोज “खिलाडी”

नेकपा एमालेका नेता तथा सांसद हेम राज राइले सरकारको नीति तथा कार्यक्रममा मधेशका दलित तथा नदि किनारमा बसेका सुकुमबासि लाइ लखेट्ने योजना ल्याएको बताउनु भएको छ। उहाँले सरकारको नीति तथा कार्यक्रम जनता प्रति उत्तरदायी नभएर जनतालाई दुख दिने गरि ल्याएको दाबी गर्नु भएको छ। उहाँले सदनमा आफ्नो कुरा राख्दै भन्नुभयो -“सरकारको नीति तथा कार्यक्रमको बुँदा न. ३७ मा बिपन्न तथा गरिब जनताका जीवनस्तर उकास्न उनीहरुलाई नदि उकास बाट निस्केको जमिनमा तरकारी तथा फलफुल ब्यबसाय गर्न दिने लेखेपनि बुँदा न. ८७ मा नदि किनारमा बसेका बिप्पन तथा गरिब जनतालाइ त्यहा बाट हटाएर नदि किनार खालि गराइने छ। यो भनेको सरकारले बुँदा ८७ प्रयोग गर्ने हो भने तराइ मधेसमा बसेका भुमिहिन गरिब बिपन्न तथा दलित परिवारलाइ बिस्थापित गर्नुपर्छ।” सांसद राइले यस्ता खालका अन्तर बिरोधि बुँदाहरु कि त हटाउनु पर्यो कि त सरकारको जवाफ चाहियो भनि सभामुखको ध्यानाकर्षण गराउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *