Loading...
आफ्नो पार्टी नभएको भए नागरिकता समस्या कहिले पनि समाधान हुने थिएन – उपेन्द्र यादव

११ असार, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्।

पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्। त्यस्तै आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने यादवको दाबी छ।

‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। जनता समाजवादी पार्टी नभए नेपालमा संघीयता कहिले आउने थिएन,’ हिजोको मधेशी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो। यदि जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए उहाले भन्नु भएको छ।
अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणाली पनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *