Loading...
अन्तिममा ताली पड्काएर मधेश विरोधी बजेट जसपा, लोसपा, नाउपाले पारित गरे – सीके राउत

३ असार, काठमाडौं । सांसदहरुले एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको आरोप जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाउनु भएको छ l

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गरे ।

जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो’ राउतले भनेका छन् ।

उनले लेखेका छन्, – तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’

राउतले भने आफ्नो पार्टीले बजेटको विपक्षमा मतदान गरेको बताए

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *