Loading...
प्रचण्डलाई प्रधानमन्त्री पदमा राख्नु लाेकतन्त्रकाे खिल्लि उडाउनु हो – एमाले सांसद राई

सरोज “खिलाडी”

नेकपा एमालेका प्रतिनिधि सभा सांसद हेम राज राईले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाइ प्रधानमन्त्री पदबाट हटाउनु पर्ने बताउनु भएको छ। पूर्ब मन्त्रि समेत रहनु भएका नेता राईले प्रधानमन्त्री “प्रचण्ड”काे बाेली र प्रष्टिकरण आउँदा समेत उनलाई प्रम पदमा राखि राख्नु संविधानवाद र लाेकतन्त्रकाे खिल्लि उडाउनु हो भन्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता राईले सो कुरा बताउनु भएको हो। उहाँले लेख्नु भएको छ – ” संविधानकाे हुर्मत लिँदै नेपाली जनता र संघीय संसदकाे इज्जत माथि नै आघात गर्दै प्रम “प्रचण्ड”काे बाेली र प्रष्टिकरण आउँदा समेत उनलाई प्रम पदमा राखि राख्नु संविधानवाद र लाेकतन्त्रकाे खिल्लि हाे । यस्ताे अश्लिल, अनैतिक र बेईज्जतीपूर्ण प्रहशनका दर्शक भएर स्वाधिन नेपाली कति दिन बस्ने ?

” अहिले प्रधानमन्त्री प्रचण्डले दिनु भएको अभिव्यक्ति “कुनै नेताको नाम जोडेर आफूलाइ प्रधानमन्त्री बनाउन उहाँ भारत जानु भएकोले नेपाली राजनीति तरंगित बनेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमाले बिरोध गर्दै आएको छ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *