Loading...
उपेन्द्रको हत्यामा साहको संलग्नता भन्दै ६ दलले बुझाए प्रचण्डलाई ज्ञापनपत्र, पक्राउ गर्न माग

सरोज खिलाडी

९ साउन, रौतहट । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले रौतहटमा संघीय सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् । प्रदर्शनकारीले २३ असार २०६८ मा कुस्ती खेलाडी उपेन्द्रदास बैरागी, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको जिकिर छ ।

यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो । २०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए ।

६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *