
काठमाडौँ भदौं २० गते । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत विषयमा दिनु भएको अभिव्यक्ति विवादमा आएको छ । चर्चित युवा नेता संजय यादबले सरकारले राजदूत चेनसँग स्पष्टिकरण लिनुपर्नेर चित भुझ्दो जवाफ न आए तत्काल फिर्ता पठाउन माग गर्नु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राजदूत चेनले भन्नुभएको थियो, ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्यो । भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’
नेता यादवले राजदूत चेनले नेपाल र भारतको सम्बन्धको बारेमा टिप्पणी गरेर ठूलो गल्ती गर्नुभएको र यसका लागि उहाँले माफी माग्नुपर्ने बताउनुभयो । भारत र चीनको सम्बन्ध राम्रो छैन, त्यही भएर नेपालसँग राम्रो सम्बन्ध नरहोस् भनि राजदूत चेनले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नेपाल सरकारले राजदूत चेनसँग तत्कालन स्पष्टिकरण लिनुपर्छ र चित्त बुझ्दो जवाफ नआए नेपालबाट फर्काउनुपर्ने उहाँले बताउनुभयो । राजदूतहरु कुटनीतिक सम्बन्ध बनाउनका लागि एक अर्काको देशमा बसेका हुन्छन् तर चिनियाँ राजदूत चेनले सम्बन्ध बिगार्नमा लाग्नु भएको उहाँले बताउनुभयो । राजदूत चेनको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना हुँदै आएको छ ।
Facebook Comments