
२१ भदौ, काठमाडौं । चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन जनमत पार्टीले माग गरेको छ । पार्टीका नेता अब्दुल खानले प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उहाँले बताउनु भएको छ। उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिनु पर्ने बताउनु भएको छ । ।
‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भन्नुभयो, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’
Facebook Comments