
युवा नेता संजय यादबले बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावको जिम्मा मधेश प्रदेश सरकारले लिनुपर्ने बताउनु भएको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । उहाँले यस्तो नराम्रो स्थिति जनता समाजबादी पार्टी र (जसपा) का केहि उग्र नेताहरुका कारण भएको आरोप समेत लगाउनु भएको छ । नेता यादबले सामाजिक सद्भाव खलबलाउने कार्य भएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्रि राम सरोज यादबले जनता संग माफी माग्नु पर्ने समेत बताउनु भएको छ । केहि दिन अगाडी सर्लाहीको मलंगवामा भड्केको हिन्दु मुस्लिमबीचको झगडा तर्फ संकेत गर्दै मुख्यमन्त्री यादवले गोलि ठोक्ने कुरा गरेका थिए। युवा नेता यादबले आज समाजिक संजाल फेस बुकमा लेखेको स्टाटस यस्तो रहेको छ।
Facebook Comments