Loading...
राजश्व कार्यालय भक्तपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न, दर्तानभई व्यवसाय गर्नेलाई कारवाही !

सरोज खिलाडी

राष्ट्रिय कर दिवस २०८० को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आन्तरिक राजश्व कार्यालय, भक्तपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम भक्तपुर उद्योग वाणिज्य संघको समन्वय एवं जिल्लाका विभिन्न व्यवसायी संघ संगठनहरुको सहकार्यमा सम्पन्न भएको हो ।

आन्तरिक राजश्व कार्यालय, भक्तपुरका प्रमुख कर अधिकृत दिलिप कुमार गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर अधिकृत दिपक खनाल, भक्तपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने लगायत विभिन्न बस्तुगत संस्थाहरुका अध्यक्षहरु तथा प्रतिनिधिहरुलाइ अतिथिको आशन ग्रहण गराइएको थियो। कार्यक्रममा उपस्थित व्यवसायी तथा कर दाता हरुले राखेको जिज्ञाशाको जवाफ स्वयं प्रमुख कर अधिकृत दिलिप कुमार गौतमले नै दिएका थिए ।

अन्तरक्रियामा उपस्थित अधिकांश करदाताहरुले दर्तावाला व्यवसायीलाइ दुख दिनु भन्दा पनि दर्ता नै नभई ब्यापार ब्यबसाय गरेर दर घटाएर ब्यबसाय गर्ने ब्यापारीहरुलाई करको दायरामा ल्याउन सुझाइएको थियो। जवाफमा प्रमुख कर अधिकृत गौतमले यहाँहरुको साथ र समर्थन भए त्यो कुनै ठूलो कुरा नहुने बताएका थिए ।

कार्यक्रमको उद्धघोशण कर अधिकृत दिपक खनालले गर्नु भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *