Loading...
कर चुक्ता प्रमाण पत्र घुस खाने भाँडो, कर सेवा कार्यालय कालिमाटीमा ब्यापक घुसखोरी

प्रत्येक आर्थिक बर्षको हिसाब किताब बुझाएपछि ब्यबसायीहरुले कर चुक्ता प्रमाण पत्र लिने गरेका छन् । नाम कर चुक्ता भएपनि व्यवसायीले बुझाएको हिसाब किताब (लेखा परिक्षण) को आधारमा सम्बन्धित कर कार्यालयले यो प्रमाण पत्र दिने गरेको छ । यो लिन जाँदा करदाताले लेखा परिक्षणको सबै कागजात र भरेको अनुसूचीका साथै कर तिरेको रसिद र पुरानो आर्थिक बर्षको कर चुक्ता पेश गर्नु पर्दछ। कर अधिकृतले करदाता द्वारा पेश भएको कागजातको हिसाबमा कर पुगेको वा नपुगेको मुल्यांकन गरि कर चुक्ता प्रमाण पत्र दिने गरेको छ । तर अहिले आएर यो कर चुक्ता कमाइ खाने भाँडो भएको छ ।

एक करदाताका अनुसार सेवा कार्यालय कालिमाटीमा दुइ जना सुब्बाले कर चुक्ताको फाइल हेर्ने गरेको छ । नाम भन्न नचाहे पनि उक्त कर दाताका अनुशार ति सुब्बाले चुक्ता लिन आएका फाइलमा स्टोक, क्यास, बजार बाट उठाउनु पर्ने पैसा, तिर्नुपर्ने पैसा र बैंकको ऋणका साथै कारोबार देखाएर मोल जोल गर्ने गरेका छन् । २५ हजार बाट कुरा सुरु भयो पछि शौचालयमा गएर १५ हजारमा कुरा मिलेको ति करदाताले बताएका छन्। उहाँले भन्नुभयो – मेरो तिन वटा फर्म छ २ वटाको चुक्ता लिन बाकि छ, अब आउदा पनि यस्तो मोल मोलाई र किचकिच गर्यो भने तपाइँलाइ नाम नै खुलाएर सबै कुरा भनौला । कर चुक्ता दिने प्रक्रियाको बारेमा कलंकी र कोटेश्वर शाखामा गएर थाहा पाउँदा कर चुक्ता दिने बेलामा कहिँ पनि बिक्रि कति गर्यो र स्टोक कति छ मतलबको बिषय नभएको संघिय अनलाइनले पता लगाएको छ । त्यस्ता कर्मचारीको रहेछ उक्त व्यवसायीले नबताए पनि यो अनलाइनले पता लगाउन हर सम्भव प्रयास जारि राखेको छ ।

पुष माघ महीनामा यो चुक्ता लिनेको भिड भएको नाममा कर चुक्ता लिनका लागि २-४ दिन धाउनै पर्ने नियम कर कार्यालयहरुले बनाएका छन् । मान्छे होस् वा नहोस चुक्ताको फाइल हेर्ना साथ भोलि पर्सि वा मिति नै तोकेर ५-७ दिन पछि आउनुस भन्ने गरेका छन् । कार्यालयका प्रमुखहरु भित्र बस्नु बाहेक यी बिषय बस्तु माथि कहिले पनि बिचार गर्दैनन्। हिजो आज कुनै पनि बैंकिंग कामको लागि कर चुक्ता प्रमाण पत्र चाहिने गरेको छ ।

समयमा कर चुक्ता नबुझाउदा बैंकहरुले ऋण खाने करदाताहरु संग जरिवाना (पेनाल्टि) समेत लिने गरेको थाहा पाएका सुब्बाहरुले जानाजान ५-७ दिनको समय दिने गरेको छ । ५-७ दिन सुन्ने बितिकै करदाता हरुले छिटो गरिदिनु हुनका लागि अनुरोध गर्दछन र यहि बाट सुरु हुन्छ घुसको ब्यापार । त्यति मात्र होइन कर चुक्ताको प्रमाण पत्रका लागि कागजात हेर्ने सुब्बा स्तरका कर्मचारी पनि आफुलाइ नेपाल सरकारको सचिब भन्दा माथि ठान्दछन । उसले बाहिर बाहिरका फाइलहरु ल्याएर पहिला चुक्ता निकाल्छन भने त्यस्तो चोर फाइल २-४ वटा चेक गर्दा उपस्थित कर दाताको १ फाइल मात्र खोल्छ र झर्केर कुरा गर्दछ। सबै कर्मचारी त्यस्तो नभएपनि अधिकांश त्यसतै छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *