Loading...
‘ठूलो ओहोदा रहेकाहरुले पदमा हुँदासम्म लुटेर ग्रिन कार्ड बोकी बाहिर जान मिल्छ : प्रभु

२४ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो – ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’ मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’ ।

जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उहाँको भनाइ रहेको छ । ‘ठूलो ओहोदाहरु रहेकाहरुले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने ? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उहांले सोध्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *