Loading...
सभामुखले मुख्यमन्त्री यादबले जवाफ दिने भनेपछि अवरूद्ध प्रदेश सभाको बैठक सुरू

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि जनमत पार्टीका सांसदको अडानले स्थगित भएको प्रदेशसभाको बैठक फेरि सुरु भएको छ।

बैठकमा मुख्यमन्त्री यादवले विश्वास‍को मतका लागि प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा प्रदेशसभा सुरु भएको छलफलमा सांसहरुले आ– आफ्ना मत राखिरहेका छन्। जनमत पार्टीले प्रदेशसभामा मधेश प्रदेशका मुख्यमन्त्रीले  विश्वासको मत लिनुअघि माफी माग्नुपर्ने अडान लिएपछि केहीबेर बैठक अवरूद्ध भएको थियो।

पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक बस्न नदिने बताएपछि सभामुख रामचन्द्र मण्डले १० मिनेटका लागि बैठक स्थगित गरेर जनमत पार्टीका सांसद र मुख्यमन्त्रीलाई छलफलका लागि बोलाएका थिए। उनीहरूले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा माघ ८ गते जनमत पार्टीका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव र सांसहरुमाथि भएको आक्रमणको विषयमा मुख्यमन्त्रीसँग जवाफ मागेका थिए। सभामुखले पछि मुख्यमन्त्रीले जवाफ दिने भनेपछि प्रमुख सचेतक सिंहले भने, ‘मुख्यमन्त्रीले अहिले क्षमा माग्ने आवश्यक्ता छ। अनि संसद को प्रक्रिया अगाडी बढेको थियो l

मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूले मधेश प्रदेश सभाबाट बहुमतले विश्वासको मत प्राप्त गर्नु भएको छ । वहाँले ६९ मत प्राप्त गर्नु भएको छ भने विपक्षमा ३५ मत परेकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *