Loading...
अध्यक्ष अशोक र उपेन्द्रबिच फोनमै चर्काचर्की, अशोकले दिए राजिनामा ! यस्तो छ कारण

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्  l अहिले सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादबले आफु खुशी मनोनयन गर्न थालेपछि अशोकले राजिनामा दिएका हुन् । उनका अनुशार प्रदेशलाइ थाहै नदिएर उपेन्द्रले जिम्मेबारी बाडफाड तथा आफ्नो चाकरी गर्ने हरुलाई मनोनयन गर्न थालेपछि बिबाद उत्कर्षमा पुगेको हो। त्यही कुरामा चित्त नबुझेर अशोकले राजीनामा दिएका हुन् l प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए । फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *