Loading...
सरकारले गरेको प्रदेशको नामाकरण मान्य छैन, नसच्याए बिस्फोट हुन्छ – उपेन्द्र यादब

ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले प्रदेशको नामकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो -“जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामकरण गर्‍यो, त्यो हामीलाई मान्य छैन। उहाँले भन्नु भयो -“पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामकरणको आन्दोलनले विस्फोटक रूप लिन सक्ने दाबी गरे । मधेसका जनताको ठुलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेस प्रदेश सम्भव भएको स्मरण गर्दै उनले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *