Loading...
राष्ट्रिय मुक्ति क्रान्तिले निषेधित क्षेत्र तोड्दै, कडा सुरक्षा व्यवस्था, महतो आफै सडकमा

सरोज “खिलाडी”

काठमाडौं, १६ फागुन । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । नेता महतोले लोकतन्त्रमा जनताको आवाज उठाउने अधिकार कुण्ठित पार्नेगरी निषेधित क्षेत्र बनाइएको माइतीघर मण्डलाको निषेधाज्ञा तोड्ने बताउनु भएको छ।आज अपराह्न १ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने जानकारी प्राप्त भएको छ।

सबै नेपालीका शासन र संविधानमा परिवर्तनमार्फत बहुल राष्ट्र तथा बहुल सामाजिक व्यवस्था पुनःस्थापना गर्ने उद्देश्यका साथ् निषेधित क्षेत्र तोड्न जरुरि भएको नेता महतो को भनाइ रहेको छ।

नेता महतोले भन्नुभयो -“एकल राष्ट्र हुँदा सम्म नेपालको बिकास र संबिधानको रक्षा हुनै सक्दैन, त्यसैले सबै जातजातिको अधिकार सुनिस्चित हुने गरि देशमा एकपल्टका लागि मधेशी, आदिवाशी जनजाति, थारु लगायत सबै पहिचान पक्षधरलाइ राष्ट्रिय मुक्ति मोर्चामा आउन आह्वान गर्दछु”।

महतो समूहको प्रदर्शनलाई दृष्टिगत गरी सरकारले माइतीघर मण्डला क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ । नेता राजेन्द्र महतो आफै सडक मा आउने थाहा पाएपछि अरु आन्दोलन भन्दा झनै प्रहरी तैनाथ पारिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *