Loading...
असफल मन्त्रीको ट्याग पाएका उपेन्द्र फेरी स्वास्थ्यमन्त्री, डेंगु बाट १२ ले गुमाएका थिए ज्यान

सरोज खिलाडी

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने पक्का भएको छ ।

यादव १८ जेठ २०७५ मा पनि यही जिम्मेवारीमा थिए । करिब डेढ वर्ष मन्त्रालय चलाएका उनी (४ मंसिर २०७६) मा ‘असफल मन्त्री’को ट्याग भिर्दै बाहिरिएका थिए । मन्त्री यादवको अपरिपक्व नेतृत्व र कार्यशैलीले त्यतिबेला धेरै नै क्षति भएको थियो । धरानबाट सुरु भएको डेंगुले काठमाडौं उपत्यकामा महामारीको रूप लियो । त्यो बेला ५६ जिल्लामा फैलिएको डेंगुबाट १२ जनाको मृत्यु भएको थियो । बिरामीले अस्पतालका बेड भरिँदा पनि डेंगु नियन्त्रणमा यादबले कुनै चासो दिएका थिएनन बरु विदेश भ्रमण मा रमाई रहे ।

डेंगु नियन्त्रण गर्न छाडेर मन्त्री यादव वैदेशिक भ्रमणमा निकै व्यस्त रहेका थिए । डेढ वर्षको अवधिमा उनले डेढ दर्जनबढी वैदेशिक भ्रमणमा गरे । मन्त्रालयले मात्रै केही गर्न सक्दैन भन्दै उनी पन्छिए । सरकारी अस्पतालमा चिकित्सक उपलब्ध नहुने, सेवा नपाइने, एक्सरे, सिटी स्क्यान लगायतका परीक्षण सेवा बन्द जस्ता जनताको स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव पार्ने विषय सम्बोधन गर्न कहिले पनि पहल गरेनन् ।

यादवको विदेश भ्रमणको मोह बाट दिक्क मानेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भम्रमणमै रहेका बेला मंसिर २०७६ मा स्वास्थ्यबाट हटाएर कानुन मन्त्रालय पुर्‍याइदिए । तैं पनि सरकारमा टासेर बसी राख्ने यादबलाइ क्याबिनेट बैठकमा ओलीले गेटलस्ट भन्दै बर्खास्त गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *