Loading...
यो देश च्योबाङको पनि हो भने चोयाबाङको शासन सत्ता हुनुपर्छ कि पर्दैन ? – नेता महतो

फागुन २९ मकवानपुर, मकवानपुरको राक्सिराङमा योङ इन्डिजिनिस्ट लिग अन्तर्गतको च्योबाङ राष्ट्रिय बाहिनीको आयोजनामा बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति गर्ने प्रयोजनको निम्ति बृहत् सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राजकुमार च्योबाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले यो देश च्योबाङको पनि हो भने चोयाबाङको शासन सत्ता हुनुपर्छ कि पर्दैन? भनि प्रश्न गर्नु भएको थियो । उहाँले भन्नु भयो – ” चोयाबाङको शासन सत्ता छैन त्यसकारण च्योबाङ राष्ट्रियताले पनि न्याय पाउनु पर्ने मान्यता सहित बहुलराष्ट्रिय राज्य निर्माण प्रक्रियामा यहाँहरुको साथ खोज्न आएको हुँ । नेता महतोले थप्नु भयो -“नेपालको एकीकरण हुँदा माटो मिल्यो तर मन मिलाइएन। त्यसकारण स्वदेशवादको यस यात्रामा यहाँहरुको साथ खोज्न आएको छु।”
कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले च्योबाङ रास्ट्रका जनताले आफ्नो जल, जंगल र जमिन माथीको नियन्त्रण कायम गर्न र आफ्नो सत्ता स्थापित गर्न लागि पर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा यस क्रान्तिका नेता केशव झा, कमला गुरुङ, सि एन थारु, आर के तामाङ, सनम लिम्बु, नेरुता मोक्तान , भिम बहादुर रुम्बाको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेसका नेता तथा पुर्वराज्य मन्त्री सन्त बहादुए च्योबाङ, काठमाडौं महानगर पालिकाका मेयर प्रत्यासी तथा नेवा: राष्ट्रिय बाहिनीका संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरोका इन्चार्ज रविन्द्र श्रेष्ठ, गाउँ पालिकाका उपाध्यक्ष बनस्थम थिङ, समाजसेवी शेर बहादुर च्योबाङ, समाजका अगुवा हर्क बहादुर च्योबाङ, युवा महेश प्रसाद च्योबाङ लगायतले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको उदघोषण ग्याबृयल च्योबाङले गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *