Loading...
रबि द्रुतगतिमा काम गर्दै , १ हप्ता नबित्दै आरती साह र मिटरब्याज पीडितबिच सहमति

सरोज “खिलाडी”

३० फागुन, काठमाडौं । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो ।

सहमति अनुसार, अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने, अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ ।

त्यसैगरि पूर्वकाँकडभिट्टा र पश्चिम गड्डाचौकीबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितसँग ४२ दिनपछि सरकारले सहमति गरेको छ । सहमतिमा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार तीन महिनाभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने गरी आयोग गठन गर्ने भनिएको छ । संघर्ष समितिले यसका लागि शक्तिशाली न्यायिक आयोग बनाउनुपर्ने र अवैधानिक तमसुकहरु खारेज गर्नुपर्ने माग राख्दै आएको थियो । २३ दिन हिँडेर काठमाडौं आउँदासम्म उनीहरुलाई गृह प्रशासनले वास्ता गरेको थिएन । काठमाडौं आएर पनि उनीहरुको आन्दोलन रोकिएन, विरोध प्रदर्शन र धर्नालाई निरन्तरता दिइरहे ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भागमा परेपछि अहिले गृहमन्त्री आफनै सक्रियता मा पिडित को माग सम्बोधन गर्न लागिपरेको छ । पीडितहरुले आयोगको कार्यदेशमा उल्लिखित ‘लिखतहरुको वर्गीकरण गरेर फर्जी तथा अवैध लिखतहरु खारेजीका लागि सिफारिस गर्ने’ भन्ने बुँदालाई सफलता मानेका छन् ।

यसलाई नै भनिन्छ चाहे मा जे पनि हुन्छा । आखिर गृहमन्त्री त पहिला पनि थियो तर किन माग सम्बोधन भएन ? यो ठुलो कुरा हो। तर गृहमा लामिछाने आएको एक हप्ता नबित्दै दुइ ठुला आन्दोलन स्थगित हुनु र सरकार संग सहमति हुनु गृह र रविको लागि ठुलो सफलता मान्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *