Loading...
महतोको मुक्ति क्रान्तिले गर्‍यो आन्दोलन घोषणा, कोशी नामकरणको विरोधमा प्रदर्शन गर्दै

५ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीको गभर्निङ काउन्सिलको जेठ १ देखि ३ सम्म भएको बैठक र मधेश थरुहटका नेताहरुसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक महतोले जानकारी दिए ।

६ जेठमा सुरु हुने दोस्रो चरणका कार्यक्रममा ११ जेठसम्म प्रशिक्षण अन्तर्क्रियाका कार्यक्रमहरु राखिएका छन् । त्यसपछि भने आमसभा र प्रदर्शनीका कार्यक्रमहरु राखिएका छन् । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले एकमहिने राष्ट्रव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौंमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

१२ जेठमा पाँचथरको फेदेनमा आमसभा राखेको मुक्ति क्रान्तिले १६ जेठमा सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ककनीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । त्यस्तै १७ जेठमा भोजपुरमा र १९ जेठमा धरानमा आमसभा राखेको छ । महतोले २१ जेठमा दाङको घोराही र २४ जेठमा काठमाडौंको इटुम्बहालमा आमसभा राखेको जानकारी दिएका छन् ।

२६ जेठमा विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, २९ जेठमा ढोरपाटन शिकार आरक्षविरुद्ध प्रदर्शन, १ असारमा सर्लाहीको लालबन्दीमा मधेशी पहाडी एकता प्रदर्शनी र ४ असारमा काठमाडौंको माइतीघरबाट स्वशासन विधान घोषणा राखिएको संयोजक महतोले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *