Loading...
उपेन्द्र यादबले दिएको रिटमा आज सुनुवाइ हुँदै, के हुन्छ अब जसपा छाडेका ७ सांसदलाई ?

सरोज खिलाडी

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा पनि रोक लगाउन रिटमा माग गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार रिट दायर गरेका थिए । आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा आज सुनुवाइ हुने छ । यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा बिश्वासको मत लिदै छन्  । बिश्वास को मत लिनु भन्दा अगाडी यदि सर्बोच्च द्वारा बिश्वास को मत नदिन ७ सांसद लाइ रोक लगाएन भने ति ७ सांसद ले मत दिन पाउने सम्भावना छ । एक नेताका अनुशार जसपा ले सभामुख देबराज घिमिरेलाई बिश्वास को मत रोक्न पत्र पठाए पनि सभामुख घिमिरे ले त्यस्तो नगर्न पनि सक्छन। सभामुख एमाले को हुनु र एमाले सरकार मा हुनुले पनि त्यो सम्भावना सृजना गरेको छ । त्यसैले सर्बोचाको आदेश आउन सम्म के हुन्छ भन्न सकिन्न। तर सर्बोच्चले ७ सांसद लाइ रोक्छ नै पनि भन्न सकिन्न ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *