Loading...
महन्थले मधेस सरकार जोगाएर ठूलो भुल गर्दै, सर्पलाई दूध खुवाउदैमा साथि बन्दैन !

सरोज “खिलाडी”

मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्रले फिर्ता लिइसकेपछि जनता समाजबादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको सरकार अहिले अल्पमतमा परेको छ । कांग्रेस, नेकपा (एस) र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न कांग्रेस सभापति देउवाको सोर्स लगाएका छन् ।

जवाफमा लोसपाका अध्यक्ष ठाकुरले अध्यक्ष यादवले राखेको प्रस्तावमा कुनै प्रतिबद्धता जनाएको छैन ।  लोसपाका एक नेताका अनुशार मधेस सरकार, केन्द्र सरकार, गठबन्धनलगायतको विषयमा कुराकानी भएको तर कुनै ठोस निष्कर्ष भने निस्केको छैन । ति नेताका अनुशार उपेन्द्र यादबले पटक पटक लोसपाका नेताहरुलाई झुटा आस्वासन दिदै धोखा दिदै आएका छन् । सरोजकुमार यादव नेतृत्वकै मधेश सरकारमा सहभागी भएको लोसपा गत ४ वैशाखमा बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसैले पुनः त्यही सरकारलाई विश्वासका मत दिन कठिन हुने सांसद जितेन्द्र सोनल बताउँछन् । जुन सरकारबाट लोसपा बाहिरिसके, समर्थन फिर्ता लिइसके त्यही सरकारमा पुनः समर्थन र सहभागिता हुन्छ भन्नु अहिले मुश्किल छ । नेता सोनल भन्छन ।

राजपा नेपाल हुँदा चुनाबमा नजाने भनेका यादब तत्कालिन चुनाबमा भाग लिएर राजपालाइ चुनाबबाट बाहिर बस्न बाध्य बनेका थिए । त्यति मात्र होइन केपी ओली प्रधान मन्त्रि भएका बेला उपेन्द्र यादबको पार्टी फुट्न लागेको बेला राजपाका नेताहरुले पार्टी एकता गरि पार्टी फुट्न बाट जोगाएका थिए। तर त्यहि उपेन्द्रले पछि महन्थ राजेन्द्रहरुलाई धोखा दिएर कांग्रेस संग मिलेर मधेशमा सरकार चलाई रहेका थिए।

एमाले माओवादीले धोखा दिएको भन्दै उपेन्द्रले महन्थसंग सहयोग मांगेका थिए। तर महन्थ ठाकुरले उपेन्द्रलाई विगत समझाउंदै जसपा नेपालसंग तत्काल कुनै सहकार्य गर्न नसकिने जनाए। उपेन्द्रले महन्थ जस्तो नेतालाई पार्टी बाट निस्काशन गरेपछि लोसपा पार्टी खोल्नु परेको तितो सम्झना लोसपाका नेताहरु बिर्सेका छैनन् । उपेन्द्रले महन्थलाई कैयौं पटक धोखा दिएका छन् यस्तो मा जसपा नेतृत्वको सरकार यदि महन्थले जोगायो भने त्यो निर्णय महन्थको जिन्दगीकै सबै भन्दा ठूलो भुल हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *