Loading...
छठको मुख्य दिन विभिन्न नेताहरुद्धारा छठ घाटको निरीक्षण तथा शुभकामना, कसले के भने ?

ओम प्रकाश यादव रौतहट १६ कार्थिक । देश सहित तराई मधेशमा आज छठ पर्व हर्षोउल्लासका साथ मनाईदै छ । देशका विभिन्न ठाउँ सहित रौतहटमा पनि उल्लासपुर्ण वातावरणमा छठ पर्व मनाईदै छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिईएको छ । भोली उदाउँदो सुर्यलाई अर्घ दिइएपछि पर्व विधिवत रुपमा सम्पन्न हुनेछ । नदिको किनार, पोखरी, ताल तलैया, नहर सहितका जलासयहरुमा छठी घाट मनाईएको छ । दुलही झै छठ घाटलाई सिंगारिएर छठिमाताको पुजा आराधना भइरहेको छ । यसैविच छठको अवसरमा आज रौतहटका विभिन्न राजनैतिक दलका नेताहरुले छठि घाटमा गएर आफना शुभचिन्तक र ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान पनि गरेका छन । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज आफना निर्वाचन क्षेत्रका घाट घाटमा निरीक्षण गर्दै शुभचिन्तक र ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन । त्यस्तै प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख अब्बुल कलाम अजाद उर्फ शेख फुलबाबु पनि आफना निर्वाचन क्षेत्र नं ४ को खको विभिन्न छठिघाटहरुमा गएर आफना शुभचिन्तक र छठ गर्ने ब्रतालुहरुसँग भेटघाट गरेका छन । भेटको क्रममा प्रदेश सांसद फुलबाबुले सबैलाई सुख शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना दिएका हुन । सखुअवा धमौरा घाटमा पुगेका विद्यायक फुलबाबु त्याहा आफैले निर्माण गरेको छठघाटलाई आज उदघाटन गरेका छन । उनको साथमा समाजवादी पार्टीका नेता राजकुमार दास, नेता कौशर खान मिथिला लगाएतको सहभागिता रहेको थियो । त्यस्तै गढिमाई नगरपालिकाका मेयरका प्रत्याक्षी राजपा नेपालका राजीव रंजनले पनि आज नगरका विभिन्न छठि घाटलाई अनुगम निरीक्षण गरेका छन । मेयरका प्रत्याक्षी रंजनले धर्मपुर, पकहा बखरी, बलुवा मदनपुर लगाएतको घाटमा ठुलो संख्यामा पुगेर आफना शुभचिन्तक र ब्रतालुहरुसँग भेटी शुभकामना दिएका स्थानीय नवल किशोर साहले बताएका छन । त्यस्तै राजपा नेपाल अध्यक्ष मण्डलका रौतहटका पुर्व जिल्ला संयोजक एवं जिल्ला सदस्य राम प्रवेस दासले आज कटहरिया नगरपालिकाका छठि घाटहरुमा गएर आफना शुभचिन्तकहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान पनि गरेका छन । नेता दासले हथियाही, जमुनिया, डुमरीया, भसेढवा, वगही, फतेपुर सहित नगरका सम्पूर्ण छठिघाटमा गएर शुभकामना आदान प्रदान गरेका छन । भेटको क्रममा राजपाका नेता राम प्रवेस दासले छठिमाताले सबैको इच्छा र आकांक्षा पुरा गरुन भन्ने कामना गरेका हुन । त्यस क्रममा उनले सबैको सु स्वास्थ्य दिर्घायु, आपसी सदभाव, भाइचारा एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए । आउँदा दिनमा पनि अधुरा संविधान संशोधन भएर मधेशको माग छिटै पुरा होस भन्ने नेता दासले छठिमातासँग विन्ती गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *