Loading...
जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईको दम्भ र घमण्डका कारण पार्टि फुटको संघारमा

जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव प्रकरणले जसपा फुटको संघारमा पुगेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र नगर्ने तर पक्षमा रहेका १ गरी ४ जनाले केही घन्टामै यु टर्न गरेर मन्त्री बनेपछि जसपा फुटको संघारमा पुगेको हो । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका थिए । लुम्बिनी प्रदेशमा पनि सांसदहरुले त्यहि नै गरेका छन् । उपेन्द्र र बाबुराम कुनै हालतमा ओलीको सत्ता ढाल्नुपर्ने भन्दै मरिमेटेर लागेका छन् । यसरी जसपामा दुई धार दुई तिर स्पष्ट रुपमा देखिएको छ । यसले जसपाभित्र दुई धारको टकराव बढ्ने देखिएको छ ।  जसपाभित्र ओलीको पक्ष या विपक्ष भन्ने विषयले चर्को विवादको संकेत देखिइसकेको छ । यसले जसपालाई फुटको संघारमा पुर्याएको छ ।

लुम्बिनी प्रदेशमा जसपाले अविश्वासको प्रस्तावको पक्षमा जाने निर्णय गरेबमोजिम अगाडि बढेको थियो । तर, निर्णय विपरित ४ प्रदेश सांसद यु टर्न भएपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई धक्का लागेको छ । यसको असर केन्द्रमा ओलीविरुद्ध बन्न लागेको समिकरणमा पनि परेको छ । जसपाभित्र यादव र भट्टराई ओलीविरुद्ध समिकरण बनाउँदा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुपर्ने पक्षमा छन् । त्यसको अभ्यास लुम्बिनी प्रदेशमा हुँदै थियो । जुन बन्न नपाई तुहियो । अध्यक्ष महन्थ ठाकुर पक्षले भने आफ्नो प्रभाव लुम्बिनीमा देखाइछाड्यो । यसबाट केन्द्रमा पनि बलियो रहेको सन्देश गयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *