Loading...
महतोको आक्रोस : मेरो पुत्ला दहन गर्नुछ गर, तर नेपाललाइ बहुल राष्ट्र बनाएरै छोड्छु

३० फाल्गुन २०८०,
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक तथा पूर्ब उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा पहिचानलाई मेटाउने काम भएको बताउनुभएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता महताले आरोप लगाउनु भएको छ ।

उहाँले तत्कालीन माओवादीले आफ्नो १० वर्षे जनयुद्ध पहिचान सहितको संघीय गणतन्त्रको लागि भनेर गरेको तर अध्यक्ष प्रचण्ड ‘दाहाल’को रुपमा स्थापित भएपछि पहिचानलाई बीच बाटोमै छाडी सरकार बनाउने र गिराउने खेलमा लागेको आरोप लगाउनुभयो ।

अहिलेसम्म नेपालमा थारु, मधेस, लिम्बुवान, ताम्सालिङ, नेवा लगाएतका जातीय समाज एक्लाएक्लै लडेको कारण बहुल राज्य स्थापना हुन नसकेको भन्दै उहाले अबै सबै ठाउँबाट सबै एकैपटक लडने समय आएको र त्यो मुक्तिको क्रान्ति हुने उहाँको दाबी छ ।
पहिचान सहितको संघिय गणतन्त्रको लागि आम नेपालीले रगत बगाएको तर नश्लिय सोच भएका दलहरुले नदिनालाको नामबाट राज्यको नामाकरण गर्दै बहुलवादी समाजलाई अपमान गरेको उहाँको भनाई रहेको छ ।

नेपालमा पहिचानवादीहरु एक भएर उभिन नसक्दा एकल राज्यको सञ्चालकहरुलाई सहज वातावरण निर्माण भएको भन्दै उहाँले अब देशभरका पहिचानवादीहरु एक भएर एकात्मक राज्यसत्तालाई अन्त्य गर्नुपर्ने दिन आएको बताउनुभयो ।

नेपाल एकीकरणको समयमा पृथ्वी नारायण शाहले पनि नेपाल विभिन्न जातजातीको फुलबारी भएको सन्देश दिएको तर नेपालमा हालसम्म एकल जात बाहेकलाई सहज हुने गरी मात्र संविधान निर्माण भएर राज्यसत्ता सञ्चालन हुँदै आएको उहाको भनाइ थियो ।
बहुल राष्टलाईलाई स्विकार गर्न नसक्दा नेपालको संविधानहरु पटक–पटक फेल भएको बताउँदै महतोले आफुहरुले सबै जातजातिको राज्यमा उत्तिकै पहुँच, अधिकार हुनपर्छ भन्दा बेलाबखत आफ्नो पुत्ला दहन हुने जस्ता घटना भएको बताउनुभयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *