Loading...
दुहवीको १२ वडा मध्ये ३ ओटा वडामा एमालेको जित

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना चलिरहँदा शुक्रबार अवेर साँझसम्म दुहवीको १२ ओटा वडा मध्ये ४ ओटा वडाको नतिजा सार्वजनिक भएको छ । परिणाम सार्वजनिक हुँदा एमालेले ३ ओटा वडामा बिजय हाँसिल गरेको छ । एमालेले दुहवीको १, ३, र ४ नम्वर वडामा वडाध्यक्षमा बिजय हासील गरेको हो । वडा नम्वर १ मा एमालेका अजुल हुसेन पुरै प्यानल सहित बिजय हुनु भएको छ, सदस्यहरुमा पुनमकुमारी माझी, मिश्रीलाल साह, राजकुमार चौधरी, लिलादेबी ऋषिदेव रहनु भएको छ । दुहवी–३ नम्वर वडामा एमालेका माधव बहादुर भण्डारी पुरै प्यानल सहित बिजय हुनु भएको छ । यसैगरी दुहवी–४ नम्वर वडामा एमालेका राजन बस्नेत बिजय हुनु भएको छ । त्यसैगरि २ नम्वरे वार्डमा कांग्रेसले बाजी मारेको छ ।

कांग्रेसका अरबिन्द कुमार विश्वासले २ सय ८३ मत ल्याएर दुहवी नगरपालिका वार्ड नम्बर २ मा बिजय हुनुभयो । सो वार्डमा निकटतम प्रतीद्वन्दी लोकतान्त्रिक फोरमका वार्ड अध्यक्षका उम्मेद्वार ललीत कुमार चौधरीले २ सय ७० मत प्राप्त गर्नु भएको थियो । शुक्रबार अवेर साँझसम्म दुहवीको १, ३, ४, र १२ वडाको मेयर तथा उप–मेयरमा नेपाल लोकतान्त्रिक फोरम १४८३/१३२१, नेकपा एमाले १३३९/१४६९, नेपाली कांग्रेस ८२६/७१८, समाजवादी फोरम ४१४/४४७, र माओवादी केन्द्र २५०/२९३ रहेको थियो ।

prem giri

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *