
रुपन्देही १६, असार । संघीय समाजवादी फोरम नेपाललेबहिष्कार गरेपछि स्थगित भएको रुपन्देहीको समरी गाऊँपालिकाको मतगणना पुनः सुरु गर्ने सहमति जुटेको छ ।
निर्वाचन आयोग र नेपाली कांग्रेस पुनः मतगणना गर्न सहमत भएपछि फोरम नेपालले मतगणना बहिष्कार फिर्ता लिएको छ ।आयोग, उम्मेदवार र दलीय प्रतिनिधिबीचको ताजा सहमति अनुसार समरीमाईको पुनः मतगणना गर्ने सहमति भएको छ ।नेपाली कांग्रेस र आयोगका प्रतिनिधिले धांधली गरेको भन्दै फोरम नेपालले मतगणना बहिष्कार गरेको थियो ।
फोरम नेपाल रुपन्देहीका सहइन्चार्ज रामू यादवले भने,- ‘कांग्रेसले काउंटिंगमा धांधली गरेकोदेखेपछि विरोध गर्दै हामीले बहिष्कार गरेका थियौ, तर पुनः मतगणना गर्ने सहमति भएपछि बिरोध फिर्ता लिएका छौ ।’जिल्ला निर्वाचन आयोगले निर्वाचन अधिकृत कमल पन्थी बाहेक आयोगका बाकी टोलीलाई फिर्ता बोलाएको छ । समरीमाईको मतगणना दिउसोदेखि स्थगित छ ।
जिल्लाबाट आयोगको नयाँ टोली समरीमाई पुगेपछि मतगणना पुनः सुरु हुनेछ ।नेपाली कांग्रेसले धांधली गरेको भन्दै फोरम नेपालसँगै एमाले, माओवादी, राप्रपा लगायतका दलहरुले पनि समरीमाई गाऊँपालिकाको मतगणना बहिष्कार गरेका थिए ।
Facebook Comments