Loading...
मधेशी आयोगको ब्रम्हलुट: गोष्ठीमै ३६लाख, कार्यालय खर्च ३४ लाख, संख्या बढाएर हिसाब मिलान

काठमाडौं । मधेशी आयोगले २०७५/०७६ को तीन महिना चालु खर्चतर्फ मात्र एक करोड ३४ लाख २७ हजार ४९ रुपियाँ खर्च गरेको छ । जसमा सबैभन्दा बढी गोष्ठीमा ३६ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश र सुदुरपश्चिम प्रदेशको कपिलवस्तु, कैलाली र बाँकेमा सात दिनमा तीनपटक कार्यक्रम गरेको छ भने काठमाडौँमा असार २५ गते एउटा कार्यक्रम गरेको छ, जसमा १५० जनाको सहभागीता थियो । हिसाब मिलान गराउनका लागि थुप्रै ठाउँमा गोलमाल गरेको देखिन्छ । आयोगले सबभन्दा बढी प्रदेश २ मा २३ पटक कार्यक्रम गरेको छ । सप्तरी, सिरहामा मात्र ५ दिनमा ६ पटक कार्यक्रम गरेको छ । धनुषा र महोत्तरीमा १९ दिनमा १० पटक कार्यक्रम गरेको छ । त्यस्तै सर्लाही, रौतहट, बारा, पर्सामा सात दिनमा सात पटक कार्यक्रम गरेको छ । प्रदेश १ को मोरङ, सुनसरी र झापामा सात दिनमा पाँच पटक कार्यक्रम गरेको छ ।असार २५ गते काठमाडौैँमा आयोजना गरिएको कार्यक्रममा १५० जना सहभागी भएको देखाइएको छ भने प्रतिवेदनमा दिएको नामावली १८० जनाको रहेको छ । सङ्ख्या धेरै देखाउनैका लागि आयोगका कर्मचारीको नाम थप्नुको साथै थुप्र्रैजनाको नाम दाहोर्याएर राखिएको छ ।
आयोगलाई जनअपेक्षित बनाउन विभिन्न समुदाय, वर्ग, क्षेत्र र विज्ञहरुको छलफल बैठक ९९ पटक भएको प्रतिवेदनमा उल्लेख छ ।
पानी, विजुली, सञ्चार महसुल, इन्धन, मर्मत सम्भार, पुस्तक तथा अन्य सामग्रीको छुट्टा छुट्टै खर्च देखाइएको छ भने कार्यालय सम्बन्धी खर्चमा ३४ लाख ५० हजार ९५२ रुपियाँ देखाएको छ । आयोगले विविध खर्चमा पनि तीनलाख २६ हजार ३७० रुपियाँ देखाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *