
रौतहट,माघ १५ ,रौतहट जिल्लाको बैरियामा अज्ञात समुहको गोलीले एक जना गम्भीर घाइते भएको छ। राजपुर नगरपालिका वडा नंबर ९ का ३५ वर्षीय शेख सैफुल्लालाई अाज बिहान लाल बकैया नदीमा पर्ने बैरिया घाट नजिक चौरमा अज्ञात समुहले गोली हानी गम्भीर घाईते बनाएको छ। पिडितको परिवारका सदस्यले भने बिहान खेतमा मल छडक्ने गएको बेला अज्ञात समुह अाई पछाडि बाट गोली हानी फरार भएका छन।घाइते शेखलाई मोटरसाइकलमा बसाइ गौर अस्पतालमा ल्याईएको थियो ।तर घाइते शेखलाई ठूलो अपरेसन गरि गोली निकाल्नु पर्ने भएकोले गौर अस्पतालबाट बिरगंज रेफर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राम कुमार दानीले जनाएको छ। बैरियामा केही दिन पहिला भएको बालकको हत्याको घटना न सेलाएको र अाज फेरि बैरियामा नै अर्को घटना घटेको छ।रौतहटका प्रहरीहरु सुस्त भएको कारणले नै यस्तो घटना घट्ने गरेको र अपराधीहरुको मनोबल बढेको देखिएको छ। भने घटना बारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Facebook Comments