Loading...
बाल बिकास हकहित संरक्षण समितिद्धारा मुख्यमन्त्री राउतलाई ज्ञापन–पत्र, यस्तो छ मांग

रामनारायण कापडि
जनकपुरधाम । बाल बिकास हकहित संरक्षण समिति धनुषाले दुई बुन्दे मांग राख्दै बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन–पत्र बुझाएका छन् ।
बाल बिकास शिक्षकहरुलाई प्राथमिक शिक्षक वा सो सरहको तलब–भत्ताको व्यवस्था गर्नु पर्ने र सेवा अवधि कायम गर्नु पर्ने लगायत दुई बुन्दे मांग सहित ज्ञापन–पत्र बुझाएका छन् ।
बाल विकास हकहित संरक्षण समिति धनुषाका अध्यक्ष रिता यादवको नेतृत्व तथा संघीय शिक्षक फोरम नेपालका केन्द्रिय उपमहासचिव अरबिन्द कुमार यादव र संघीय शिक्षक फोरम नेपालका प्रदेश सचिव नन्दकिशोर तिवारीको रोहबरमा धनुषाका बाल शिक्षकहरुले मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापन–पत्र बुझाएका हुन ।
कार्यव्यस्तताले मुख्यमन्त्री राउत कार्यालय बाहिर भएको बेला मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र कुमार यादवले सो ज्ञापन–पत्र बुझ्दै बाल शिक्षकहरुको मांग सहितको ज्ञापन–पत्र मुख्यमन्त्री समक्ष यथासिध्र पु¥याई दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
देशभरिका सामूदायिक विद्यालयहरुमा संचालित रहेका बाल विकास शिक्षकहरु विचल्लीमा परेका बेला धनुषाका बाल शिक्षकहरु ५ सय भन्दा बढी रहेको र उनीहरु विगत १५ वर्ष देखि शिक्षक सरह सेवा प्रदान गर्दैै आएको भएपनि राज्यले भेदभाव गरी न्यून तलब ( ६००० ) मात्र व्यवस्था गरेको र अन्य शिक्षकहरुको तलब बृद्धि भएपनि आफुहरुको तलब बृद्धि नगरी राज्यले विभेद गरेको भन्दै ज्ञापन–पत्र बुझाएका हुन ।
आफ्ना मांगहरु प्रदेश सरकारले संघीय सरकार समक्ष पु¥याएर मांग सम्बोधनको पहल गरी दिनुपर्ने अपील गर्नुको साथै बाल शिक्षकहरुको तलब, भत्ता, पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सेवा सुविधाहरु प्रदेश सरकारले नै सम्बोधन गरी दिनु पर्ने ज्ञापन—पत्र मार्फत आग्रह समेत ृगरिएको छ ।
यसै बीच प्रदेश सरकारका समाजिक विकास तथा शिक्षामन्त्री नवल किशोर साहले उनीहरुसंग ठुलौ विभेद भएको स्वीकार गर्दै संघीय सरकारसंग यस विषयमा निरन्तर वार्तालाप जारी रहेको बताउनु भयो । प्रदेश सरकारले यस विषयमा अझै गम्भिरतापूर्वक चासो लिएको मन्त्री साहले बताउनु भयो ।
मुख्यमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउन आएका बाल शिक्षकहरुको व्यापक सहभागिता रहेको थियोृ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *