Loading...
फुलेका जुँगा कालो हुन थालेको ओलीको दाबी, प्रचण्डलाइ एक्ल्याउने षड्यन्त्र सुरु

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए । बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाए । ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *