
काठमाण्डू , चैत ९ । चिनिया रक्षामन्त्री छांग वांगक्वान नेपाल आउने भएका छन । चिनिया रक्षा मन्त्रालयले जनाए अनुसार उनी दुई देशिय भ्रमणका लागि सोमबार चिनबाट निस्कनुुभएको हो ।
श्रीलंका र नेपाल भ्रमणका लागि आउने वांगक्वानले श्रीलंकामा द्धपक्षीय हितको बिषयमा छलफल गर्ने बताइएको छ । श्रीलंकाको भ्रमण पश्चात वांगक्वान नेपाल आउने भएका हुन ।
नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री लगायतलाई भेटने बताइएको छ ।
Facebook Comments