Loading...
रौतहटमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६६१ पुग्यो

ओम प्रकाश यादव रौतहट, जेठ ३१ गते । पछिलो समय रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएको छ । दुईसाता यता विभिन्न कामले भारत गएका नेपालीहरु स्वदेश फिर्ता भएसँगै यस जिल्लामा संक्रमितको संख्यामा ह्वातै वृद्धि भएको छ । रौतहटमा शनिवार मात्रै ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै यस जिल्लामा कोरोना भारसबाट संक्रमित हुनेको संख्या ६६१ पुगेको छ । शनिवार संक्रमित फेला परेका सबैजना परोहा नगरपालिकाको रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो । काठमाडौंको टेकु अस्पतालमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन । यसअघि शुक्रवार मात्रै ८१ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको १० हजार २ सय ८७ बेडको क्वारेन्टाईनमा ३ सय ३९ महिला र ७ हजार १ सय ५५ पुरुष गरी जम्मा ७ हजार ४ सय ९४ जना बसिरहेका छन । यस जिल्लाको क्वारेन्टाईनबाट नेगेटिभ रिपोर्ट आएका ३३ सय ८९ जनालाई घर फिर्ता गरिएको र अझै ३ हजार ९ सय ११ जनाको रिपोर्ट आउँन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *